सुनको मुल्यले तोड्यो रेकर्ड : प्रतितोला १ लाख नाघ्यो

भक्तपुर न्यूज

२१ साउन २०७७ ६:११

सुनको मुल्यले तोड्यो रेकर्ड  : प्रतितोला १ लाख नाघ्यो

काडमाडौें । बुधबार नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ ।पछिल्लो समय स्थानीय बजारमा सुनको मुल्यले एकपछि अर्कौ गर्दै ऐतिहासिक रेकर्ड कायम गर्दैआइरहेको थियो । सुनको मुल्य एकैदिन १६ सय रुपैयाँले बढेर एतिहासिक रेकर्ड कायम गरेको हो ।

मगंलबार छापावाला सुन प्रतितोला ९९ हजार ८ सयमा कारोबार भएको थियो भने आज बुधबार १ लाख १ हजार ४ सयमा पुुगेर हाल सम्मकै उच्च बिन्दुमा रहेको नेपाल सुन चाँदी व्यवसायी महांसघले जनाएको छ।

त्यस्तै,आज तेजावी सुन प्रतितोला १ लाख ९०० रुपैयामा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मुल्य हालसम्मकै उच्च हो ।

प्रकाशित मितिः २०७७ साउन २१ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *