सुनको मुल्यमा नयाँ किर्तिमान : प्रतितोला ९८ हजार ५ सय

भक्तपुर न्यूज

१४ साउन २०७७ ६:०५

सुनको मुल्यमा नयाँ किर्तिमान : प्रतितोला ९८ हजार ५ सय

काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सुनको मुल्यले निरन्तर नयाँ किर्तिमान राख्दै आएको छ ।सोही क्रममा आज बुधबार पनि सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढेर नयाँ उचाईमा पुगेको छ ।

बुधबार सुनको मुल्य प्रतितोला रु ९८ हजार ५०० रुपैया कायम गरिएको छ, जुन हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ । हिजो सुनको मुल्य ९८ हजार २०० रुपैयाँ रहेको थियो । मगंलबारसम्ममा सोही मुल्यनै सर्वाधिक थियो ।

यस्तै, आजका लागि तेजावी सुनको मुल्य ९८ हजार ६५ रुपैयाँ तोकिएको छ ।  महासंघकाअनुसार आज चाँदीको मुल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदीको मुल्य प्रतितोला १२२५ रुपैयाँ तोकिएको छ।

प्रकाशित मितिः २०७७ साउन १४ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *