सुनको भाउ अहिलेसम्मकै उच्‍च, एकैदिन १२ सयले बढ्यो

भक्तपुर न्यूज

१२ साउन २०७७ ५:५५

सुनको भाउ अहिलेसम्मकै उच्‍च, एकैदिन १२ सयले बढ्यो

काठमाडौैं । लगातार पछिल्लो समय सुनको मुल्यले एकपछि अर्को गर्दै नयाँ रेकर्ड कायम गरीरहेको छ । त्यस्तै आज सोमबार पनि स्थानीय बजारमा सुनको मुल्यले अर्को नयाँ रकेर्ड कायम गरेको छ । आज सुनको मुल्य तोलामा १२ सय रुपैयाँले बढेर हालसम्म नयाँ विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आजका लागि सुनको मुल्य प्रतितोला ९७ हजार ५ सयमा पुगेर नयाँ रेर्कड कायम गरेको हो ।

जुन मुल्य हालसम्म कै उच्च हो । यस अघि आइतबार सुनको उच्च विन्दु प्रतितोला ९६ हजार ३ सय रुपैयाँ रहेको थियो । यस्तै, आजका लागि तेजावी सुनको मुल्य रु ९७ हजार ६० तोकिएको छ ।

आज चाँदीको मुल्य पनि उलेख्य मात्रामा बढेको छ । चाँदीको मुल्य प्रतितोला १२ सय १० रहेको छ। महासंघका अनुसार चाँदीको मुल्य पनि हालसम्म कै महंगो हो ।

प्रकाशित मितिः २०७७ साउन १२ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *