डोलेश्वरमा रक्तदान
भक्तपुर । केदारनाथको शिर डोलेश्वर मन्दिरमा आज रक्तदान कार्यक्रम सम्पन्न भयो ।
मन्दिर परिसरमा तौडोल छाप बचत तथा ऋण सहकारी संस्था लि. र तौडोल छाप सामुदायिक वन उपभोक्ता समूह सिपाडोलको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाईटी सिपाडोल उपशाखा र केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कोभिड–१९ महामारीमा भएको रगत अभावलाई मध्यनजर गर्दै रक्तदान आयोजना गरिएको तौडोलछाप सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष महेश्वर बोहराले जानकारी दिए । साउन महिनाभर हरेक सोमबार र शनिबार तथा भदौ ६ गते मन्दिर प्राङ्गणमा रक्तदान गरिने उनले बताए । कार्यक्रममा आज १५ जना रक्तदाताहरुले रक्तदान गरेको रेडक्रस उपशाखाका सभापति राकेश थापाले जानकारी दिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
