मृत भेटिए एन प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष, हत्याको आशंका

भक्तपुर न्यूज

१२ वैशाख २०७७ ७:१३

मृत भेटिए  एन प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष, हत्याको आशंका

धनगढी । राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एसोसिएसन एन प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष कैलालीमा मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको गौरीगंगा नगरपालिका ९ घर भएका ४० वर्षीय कृष्णप्रसाद भुसाल मृत अवस्थामा भेटिएका हुन् । उनको शव बिहीबार राति १२ बजेतिर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

भुसालको शव घोडाघोडी नगरपालिका १० पहलमानपुर बजारबाट करिब एक किलोमिटर पश्चिम राजमार्गमा फेला परेको कैलाली प्रहरीले जनाएको छ ।

उपाध्यक्ष भुसाल गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपल पनि हुन् । उनको आँखा, मुख र घुँडामा चोट देखिएको छ ।

उनी पहलमानपुरबाट साइकलमा घरतर्फ गएको बुझिएको छ । शव भेटिएको नजिकै उनको साइकल पनि फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले घटनापश्चात् दुई जनालाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको बताए । नियन्त्रणमा लिएकाहरु भुसालसँगै मदिरा पिएका एक जना साथी र होटल सञ्चालक रहेका छन् ।

सरोकारवालाहरुले घटना रहश्यमय भएकोले सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेका छन् । त्यस्तै स्थानीयबासीले पनि भुसालको हत्या भएको भन्दै दोषीलाई पक्राउ गर्न माग गरेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ । शव पोष्टमार्टमका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएको छ ।

प्रकाशित मितिः २०७६ बैशाख १२ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय