माइक्रोसफ्टका साथसाथै बाक्शर ह्याथवेबाट अलग्गिदै बिल गेट्स

भक्तपुर न्यूज

२ चैत २०७६ ७:४४

माइक्रोसफ्टका साथसाथै बाक्शर ह्याथवेबाट अलग्गिदै बिल गेट्स

काठमाडौं । बिल गेट्सले माइक्रोसफ्ट सञ्चालक समितिबाट बाहिरिने घोषणा गरेका छन् । माइक्रोसफ्टका सह–संस्थापक गेट्सले परोकारी कार्यमा धेरै समय व्यतीत गर्न आफू उक्त कम्पनीको सञ्चालक समितिबाट बाहिरिने घोषणा गरेका हुन् ।

संसारका दोस्रा सर्वाधिक धनी व्यक्ति मानिने उनले विश्वव्यापी स्वास्थ्य र विकास, शिक्षा र जलवायु परिवर्तन नियन्त्रण गर्ने विषयमा आफ्नो ध्यान केन्द्रित गर्ने इच्छा भएको बताए ।

माइक्रोसफ्टको सञ्चालक समितिमा नबस्ने घोषणा गर्दै गेट्सले उक्त कम्पनी आफ्नो जीवनको महत्त्वपूर्ण अङ्ग भएको र आफूले कम्पनीको नेतृत्व तहसँग निरन्तर सहकार्य गर्ने बताए ।

उनी अर्का धनाढ्य व्यापारी तथा परोपकारी वारन बफेटको विशाल होल्डिङ कम्पनी बाक्शर ह्याथवेको सञ्चालक समितिबाट पनि अलग्गिएका छन् । गेट्स सन् २००८ देखि नै माइक्रोसफ्टमा दैनिक काम गर्ने भूमिका थिएनन् । एजेन्सी

प्रकाशित मितिः २०७६ चैत्र ०२ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *