कोरोनाको आशंकामा अस्पताल भर्ना भएका एक व्यक्ति फरार !
काठमाडौं । कोरोना भाइरसको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएका एक व्याक्ति अस्पतालबाटै फरार भएका छन् । बुधबार दिउँसो अस्पताल भर्ना गरिएका एक नेपाली नागरिक गए राति १० बजे भागेका हुन ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले ती व्यक्ति भागेकोबारे अस्पतालले बुधबार मात्रै प्रहरीलाई जानकारी गराएको बताए ।
प्रहरीले उनको खोजी गरिरहेको एसएसपी सुवेदीले बताए । उनी मंगलबार मात्रै दक्षिण कोरियाबाट फर्किएका थिए । उनको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।
प्रकाशित मितिः २०७६ फाल्गुन २२ बिहीबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
