कोरोना भाइरस प्रकोप : मृत्यु हुनेको संख्या ८१२ पुग्यो
काठमाडौं । चीनको हुबेइ प्रान्तबाट सुरु भएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ । मृत्यु हुनेको संख्या दैनिक वृद्धि भएको अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करीब ३७ हजार २ सय ५१ पुगेको सिजिटियनले उल्लेख गरेको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले २ हजार ६ सय ४९ कोरोना संक्रमित मानिसलाई निको भएको जनाको छ । बुहान र त्यस वरपरको प्रान्तमा भाइरसका कारण मृत्यु हुनेको संख्या बढेको छ । चीन बाहेक अन्य देशमा हालसम्म दुईजनाको मृत्यु भएको छ । तीमध्ये एक फ्लिपिन्सका र अर्का हङकङका नागरिक हुन् ।
हुबेईका अधिकारीहरूले शनिबार कोरोनाभाइरसका ८१ नयाँ संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् । यसले हुबेईमा मात्र यसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७८० पुगेको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ माघ २६ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००