पाँचथरमा शल्यक्रियासहितको दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु

भक्तपुर न्यूज

१७ माघ २०७६ ९:३०

पाँचथरमा शल्यक्रियासहितको दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु

काठमाडौँ । पाँचथरको मौवा बजारमा बिहिबारदेखि शल्यक्रियासहितको दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । तुम्वेवा गाउँपालिका कार्यालय र बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालको संयुक्त आयोजनामा शिविर सुरु भएको हो ।

ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी आयोजना गरिएको शिविरको पहिलो दिन ७ सय ५६ बिरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।

शिविरमा १६ जना बिरामीको सामान्य शल्यक्रिया गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

उनका अनुसार ६ जना बिरामीको शरिरका गाँठागुँठीको शल्यक्रिया गरिएको छ । त्यस्तै १० जनाको आँखामा पलाएको जाँलो निकालिएको छ भने ३५ जना बिरामीको दाँत फुकालिएको छ ।

शिविरमा हाडजोर्नी र स्वासप्रश्वास सम्बन्धि समस्याका बिरामी बढी आएका छन् । गाउँ-गाउँदेखिका बिरामीहरु ३ घण्टासम्मको बाटो हिडेर उपचारका लागि शिविरमा आएका थिए ।

नोबेल अस्पतालका बिशेषज्ञ डाक्टरसहित २५ जना स्वास्थ्यकर्मीको टोली शिविरमा आएका छन् । गरिब तथा बिपन्न बिरामीलाई लक्षित गरी नोबेलले पूर्वी नेपालका गाउँ-गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मितिः २०७६ माघ १७ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *