चीनमा कोरोना भाइरसबाट ८० को मृत्यु २७०० जना स‌ंक्रमित

भक्तपुर न्यूज

१३ माघ २०७६ ८:२२

चीनमा कोरोना भाइरसबाट  ८० को मृत्यु २७०० जना स‌ंक्रमित

काठमाडौँ । चीनमा देखापरेको वुहान कोरोनाभाइरसको कारण मर्नेहरुको संख्या बढ्दै गएको छ र चिनियाँ अधिकारीहरुले सोही भाइरसको कारण मर्नेको संख्या ८० पुगेको जनाएको छ ।

सोही भाइरसका संक्रमणमा पर्नेहरुको संख्या चीनमा २७०० पुगेको छ । गत डिसेम्बरमा चीनको वुहानमा देखापरेको सो भाइरस यतिखेर चीनका अन्य शहरहरुमा पनि फैलिँदै गएको छ भने चीन बाहिर पनि त्यस भाइरसबाट संक्रमित रोगीहरु फेला परिरहेका छन् ।

वुहान भाइरसका कारण चीनका कतिपय शहरहरुमा आवातजावातमा कडाइ गरिएको छ । वुहानमा सार्वजनिक यातायात, स्कुल, कलेज, प्रतिष्ठानहरु बन्द गरिएका छन् । वुहान शहरमा जान र त्यहाँबाट बाहिर आउन प्रतिबन्ध लगाइएको छ । यतिखेर चीनका करिब ६ करोड जनताहरुका जनजीवन यसै भाइरसका कारण नराम्ररी प्रभावित भएको छ ।

चीन बाहिर विभिन्न १३ स्थानमा वुहान भाइरसबाट संक्रमित रोगीहरु फेला परिसकेका छन् ।

खतरनाक कुरा के छ भने यो भाइरस कुनै लक्षणहरु देखानपरिकनै एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गरेको पाइएको कुरा चिनियाँ अधिकारीहरुले बताएका छन् । तर यो कुराको आधिकारिक र ठोस पुष्टि भने भइसकेको छैन ।

प्रकाशित मितिः २०७६ माघ १३ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *