सुन्दर बन्न मन छ ? काँचो दूधले गर्छ यस्तो कमाल
काठमाडौं । सुन्दर हुने मन सबैलाई हुन्छ । आफु सुन्दर बन्न धेरैले अनेक उपाय खोज्ने र पैसा पनि खर्च गर्ने गर्छन् । तर तपाई पनि सुन्दर बन्न चाहानुहुन्छ भने पैसा खर्च गर्नु पर्दैन । घरेलु विधिबाट नै सजिलै सुन्दर बन्न सकिन्छ । अनुहारमा डण्डिफोर आउने र छाला फुस्रो हुने समस्या छ भने पनि अब चिन्ता लिनु पर्दैन ।
तपाइको सुन्दर बन्ने इच्छा काँचो दूधले पुरा गर्न सक्छ । काँचो दूधमा ल्याक्टिक एसिड र भिटामिन ‘ई’ पाइन्छ । यदि एक कप पानीमा काँचो दूध मिसाएर नुहाउने गरेमा छाला र कपाललाई सुन्दर बनाउछ । यसरी नुहाउने गरेमा छाला र कपाल स्वस्थ पनि हुन्छ ।
काँचो दूध मिसाएको पानीले नुहाएमा रोग प्रतिरोधी क्षमता पनि बढ्छ । काँचो दूध मिसाएको पानीले छाला तथा कपाललाई फुस्रो बनाउने किटाणुलाई मार्ने हुनाले छालालाई सुन्दर बनाउछ । तर धेरैसमयसम्म राखेको काँचो दूधको प्रयोग गर्नुहुदैन ।
प्रकाशित मितिः २०७६ माघ १३ सोमबार