क्यान्सरको कारक : स्याम्पूदेखि खानेकुरासम्म

भक्तपुर न्यूज

१२ माघ २०७६ ८:३४

क्यान्सरको कारक : स्याम्पूदेखि खानेकुरासम्म

काठमाडौं । तथ्यांकले भन्छ, मानिसको मृत्यु हुनेमा क्यान्सर रोग विश्वको दोश्रो ठूलो रोगको रुपमा रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१८ मा क्यान्सर रोगकै कारण ९६ लाख व्यक्तिले ज्यान गुमाए । जबकी समयमा रोगको पहिचान गरेर उपचार गरेको अवस्थामा ३० देखि ५० प्रतिशत क्यान्सर रोगलाई समयमै रोकथाम गर्न सकिन्छ ।

शोधकर्ताहरुका अनुसार विश्वमा दुई भन्दा बढी प्रकारका क्यान्सर छन् । त्यसमध्य छालाको क्यान्सर, स्तन क्यान्सर, फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, प्रोस्टेट क्यान्सर, कोलोरेक्टल क्यान्सर, मेलानोमा, लिम्फोमा सामान्य हुन् ।

के हो क्यान्सर ?

शरीर कयौ प्रकारका कोशिका मिलेर बनेको हुन्छ । जब यी कोशिका अनियन्त्रित तरीकाले बढ्छ, तब यो गाठो वा ट्यूमरको रुपमा परिणत हुन्छ । यसले शरीरको सबैजसो अंगलाई प्रभावित पार्न सक्छ ।

त्यसैले समयमै क्यान्सर रोग गराउने वस्तुबाट टाढा रहेर पनि क्यान्सर रोग लाग्नबाट बच्न सकिन्छ ।

डिजेलको धुवाँ

डिजेलको धुवाँको सम्पर्कमा रहने व्यक्तिमा क्यान्सरको सम्भावना उच्च हुन्छ । किनकी डिजेलले कार्सिनोजेनिक तत्व पैदा गर्छ, जसले फोक्सो सम्बन्धि क्यान्सरको जोखिम बढाउने गर्छ । परिणामस्वरुप, सडक आसपास बसोवास गर्ने व्यक्तिमा क्यान्सर हुने सम्भावना दुई गुणा बढी हुन्छ ।

सूर्यको विकिरण

सूर्यका विकिरणले पनि क्यान्सर जोखिम निम्त्याउनसक्छ । खासगरी, ओजोनको पत्रमा प्वाल भएका कारण सुर्यको किरणका साथमा हानीकारण अल्ट्राभायलेट रे पनि धर्तीमा आउने गर्छ, जसको सिधा सम्पर्कमा आउनाले मेलिग्नेन्ट मेलानोमा तथा स्किन कार्सिनोमा जस्ता छालाको क्यान्सर हुनसक्छ ।

वायु प्रदुषण

शहरमा प्रदुषणको स्तर दिन दिनै बढ्दै गएको छ । शहर यस्तै प्रदुषित भइरहने हो भने प्रदुषणकै कारण यहाँका मानिसहरुलाई क्यान्सर हुने सम्भावना पनि उच्च हुन्छ । शोधका अनुसार , प्रदुषणकै कारण मानिसलाई फोक्सो, रगत, घाँटी, मुख तथा प्रोस्टेट क्यान्सर हुने सम्भावना उच्च हुन्छ । यो सबै विषाक्त धातु सिलिकनका कारण हुन्छ, जुन हावा तथा पानीको माध्यमबाट शरीरमा प्रवेश गर्छ ।

मेकअप किट

टुथब्रस, डिओ, परफ्यूम, हेयर जेल, क्रिम, लोशन आदीको नियमित प्रयोेगले पनि क्यान्सरको जोखिम बढ्न सक्छ । विशेषगरी, दैनिक रुपमा प्रयोग गरिने यस्ता वस्तुहरुमा सोडियम लरेल सल्फेट हुन्छ, जसको प्रयोगले क्यान्सरको जोखिम उच्च हुन्छ । सामान्यतया, सोडियम लरेल सल्फेटको प्रयोग फिज निकाल्नमा गरिन्छ, जुन शेविंग क्रिम, स्याम्पू, कन्डिशनर, मञ्जन आदीमा पाइन्छ । यसबाहेक, लिपिस्टिकमा पाइने मरकरी (पारो) पनि स्वास्थ्यको लागि घातक मानिन्छ भने स्याम्पूमा रहेको कोलतार पनि क्यान्सरको कारक बन्न सक्छ ।

चुरोटको धूवाँ

चुरोटमा निकोटिन बाहेक पनि चार हजारको हाराहारीमा अन्य केमिकल्स पाइन्छ । यसमध्ये लगभग ६० वटा केमिकल्स कार्सिनोजेनिक हुन्छ, जसको सम्पर्कमा आउनाले मात्र पनि शरीरमा क्यान्सरको कोशिका उत्पन्न हुने गर्छ ।

विकिरण

अहिले कयौ रोगको उपचारका लागि म्यामोग्राम, एक्स(रे, सिटी स्क्यान जस्ता रेडिएसन मेसिनको प्रयोग हुने गर्छ । यस्ता मेसिनलाई सुरक्षित पनि मानिन्छ । तर यदी शरीरमा पहिले देखिनै कुनै रोग छ भने रेडिएशनका कारण उक्त रोग थप बढ्न सक्छ । त्यसैले, यस्ता मेसिनको प्रयोग गर्दा चिकित्सकहरुलाई आफ्नो रोगबारे अवश्य बताउनुपर्छ ।

औषधि को सेवन

कुनै कुनै रोगमा प्रयोग गरिने किमोथेरापी औषधीका कारण पनि क्यान्सरको जोखिम बढ्न सक्छ । त्यसबाहेक, इम्यून सिस्टम मजबुत बनाउन दिइने औषधीले पनि क्यान्सरको जोखिम बढाउन सक्छ । यस्ता औषधीको सेवनले लिम्फोमा हुने सम्भावना उच्च हुन्छ ।

प्रोसेस्ड फूड

अत्याधिक मात्रामा प्रोसेस्ड फूड, डिब्बा बन्द खानेकुरा, चिसो पेय पदार्थ, नून तथा चिनीको प्रयोग अत्याधिक रुपमा गरिएको खानेकुरा, भूटेको तथा तारेको खानेकुरा तथा रसायुक्त आहारको सेवनले पनि क्यान्सरको जोखिम निम्त्याउन सक्छ । हालैमा सम्पन्न गरिएको एक शोधले जनाए अनुसार यस्ता खानेकुराको अत्याधिक मात्रामा सेवन गर्नाले क्यान्सरको जोखिम दश प्रतिशतसम्म बढ्न सक्छ ।

प्रकाशित मितिः २०७६ माघ १२ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *