सल्यानका सामुदायिक विद्यालयमा स्यानिटरी प्याड मेसिन

भक्तपुर न्यूज

९ माघ २०७६ १०:३०

सल्यानका सामुदायिक विद्यालयमा स्यानिटरी प्याड मेसिन

सल्यान । सल्यान जिल्लामै पहिलो पटक छात्राका लागि स्यानिटरी प्याड उपलब्ध गराउने स्वचालित मेसिन जडान गरिएको छ। जिल्लाको छत्रेश्वरी गाउँपालिकाका दुई सामुदायिक विद्यालयमा अटोमेटिक स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरिएको हो। छत्रेश्वरी गाउँपालिकाअन्तर्गतका ६ नं. वडामा रहेको त्रिभुवन जनता माध्यमिक भोटेचौर र वडा नम्बर १ को भानुभक्त माध्यमिक अटोमेटिक प्याड मेसिन जडान गरेको छ।

विशेष गरी छात्रा महिनावारी भएकाबेला विद्यालय नआउने समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले पहिलो चरणमा २ वटा विद्यालयमा उक्त प्याड मेसिन जडान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले बताए। अब मेसिन जडानपछि महिनावारी भएका छात्रा पनि नियमितरूपमा विद्यालय आउने अपेक्षा गाउँपालिकाको रहेको उनले बताए। उनका अनुसार छात्राले एटिएमजस्तै कार्डले मेसिनबाट स्यानिटरी प्याडको निःशुल्क सुविधा पाउनेछन्।

गाउपालिकाले करिब २ लाखमा खरिद गरेको मेसिनमा प्रत्येक मेसिनमा ५० वटा प्याड अटने छन भने विद्युत आपूर्ति बन्द भए पनि पाँच घण्टासम्म मेसिनमा व्याकप रहने छ। प्रत्येक विद्यालयमा छात्राको पढाइलाई नियमित गर्न, उनीहरूको पढाइलाई कुनै अवरोध  नहोस भनेर मेसिन जडान गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष केसी बताए।

अब गाउँपालिकाका प्रत्येक विद्यालयमा अटोमेटिक स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरिने र छात्रा महिनावारीको उमेर भएपछि ड्रप आउट हुने, विभिन्न बहाना गरेर बिदा माग्ने गरेकोमा अब सेनेटरी प्याड मेसिन जडान भएपछि त्यस्तो समस्या नआउने उनले बताए। विद्यालयमा अटोमेटिक स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरेपछि महिनावारी हुँदा विद्यालय आउन सहज भएको  त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा पिमा बुढाथोकीले बताइन्।

प्रकाशित मितिः २०७६ माघ ०९ बिहीबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *