बुद्धिबंगारा आउँदा किन दुख्छ ?

भक्तपुर न्यूज

२९ पुष २०७६ १०:२७

बुद्धिबंगारा आउँदा किन दुख्छ ?

काठमाडौं । हाम्रा दाँतहरुमध्ये सबैभन्दा ढिलो आउँछ बुद्धिबंगारा । सामान्यतया १८ वर्ष पुगेपछि मात्र यो दाँत पलाउन थाल्छ । कसैकसैमा त अझ ढिलोसम्म पनि यो दाँत आउँछ । दाँत नै भए पनि यो दाँतले खाना चपाउन यसले कुनै सहयोग गर्दैन । यसको काम त आउँदा व्यक्तिलाई पीडा दिने मात्रै हो । त्यसैले पनि पश्चिमा देशहरुमा यो फाल्ने गरिन्छ । तर, नेपालमा सहेर भए पनि बुद्धिबंगारा बाहिर निस्कँदासम्म चुपचाप बसिन्छ । आखिर बुद्धिबंगारा आँउदा किन दुख्छ रु केही कारणः

बुद्धिबंगारा एकैपटकमा आउँदैन । पटक–पटकमा थोरै–थोरै गर्दै आउँछ । यसैले लामो समयसम्म दुःख दिन्छ । यो आउने ठाउँ नै थोरै हुने भएकाले फुट्ने क्रममा अप्ठ्यारो भएर पीडा हुन्छ ।

बुद्धिबंगारा थोरै–थोरै गर्दै आउँदा खाएका कुरा वरिपरि अड्किने गर्छ । दाँत सफा गर्दा पनि ब्रस त्यहाँसम्म राम्ररी पुगेर खेल्न पाउँदैन । अड्किएका खानेकुरा त्यहीँ कुहिने हुन सक्छ । यस्तो अवस्थामा बुद्धिबंगारा आउँदै गर्दा नै किरा लाग्न सक्छ । किरा लागेपछि झन् बढी दुख्छ ।

बुद्धिबंगारा आउँदै गर्दा माथिल्लो भागको दाँतले थिच्ने पनि हुन सक्छ । यस्तो भएमा पनि दुख्न सक्छ ।

बुद्धिबंगारा आउँदै गर्दा वरिपरिको मासुको भाग छेडेको हुन्छ । यस्तो अवस्थामा इन्फेक्सन हुन सक्छ । इन्फेक्सन भएमा दुखाइ बढ्छ ।
प्रकाशित मितिः२०७६ पौष २९ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *