जानी राखौँ खुट्टा फर्किँदा कसो गर्ने

भक्तपुर न्यूज

२३ पुष २०७६ ०:२९

जानी राखौँ  खुट्टा फर्किँदा कसो गर्ने

काठमाडौं । मानव शरीरमा करीव ६ सय ५० वटा मांशपेशीहरू हुन्छन् । प्रत्येक मांशपेशीका आफ्नै कामहरू हुन्छन् । शरीरको तौलको करिब ४० प्रतिशत भाग मासु हुन्छ । तन्कन सक्ने फाइबर जस्ता पदार्थहरूका समूहहरू मिलेर मासु बनेको हुन्छ ।

मासुको प्रत्येक फाइबर करिब ४० मिलिमिटर लामो र एक आपसमा बटारिएर फाइब्रिल्स वा मासुको चोक्टा बनेका हुन्छन् । एक सेन्टिमिटर मासुमा करिब १० लाखसम्म फाइबरहरू हुन्छन् । फेरि प्रत्येक फाइबरहरू स्नायुद्वारा सञ्चालित भएको हुँदा फाइबर मासुको क्रियाकलाप निर्धारित हुन्छ । कहिलेकाँही खुट्टा तन्काउने क्रममा वा हिँड्दाहिँड्दै खुट्टा फर्किने हुन्छ ।

खुट्टाको मासु सरेर अगाडि भागतिर आउनुलाई खुट्टा फर्किनु भनिन्छ । खुट्टा फर्किँदाको पीडा अत्यधिक महसुस हुन्छ । हामीले निकै सजगताका साथ हातले बिस्तारै मिलाएर खुट्टाको मासु यथास्थानमा फर्काउनु पर्छ । खुट्टा फर्किएको पीडा केही छिनदेखि केही दिनसम्म रहन सक्छ ।

खुट्टाको मांसपेशीमा रक्तसञ्चार राम्रोसँग नभएमा तथा उक्त ठाउँमा पोषण र अक्सिजनको प्रभाव कम हुँदा पनि खुट्टा फर्किन सक्छ । खुट्टा फर्किएकोन अवस्थामा खुट्टामा थप दवाव दिनु हुँदैन । खुट्टा फर्केको बेलामा विस्तारै खुट्टामा मालिस गरेर रक्तसञ्चारलाई प्रभावकारी बनाउनु पर्छ । शरीरमा थकान, अत्यधिक कमजोरीले गर्दा वा डिहाइड्रेसनका कारण पनि खुट्टाको मासु बाउँडिने गर्छ । कहिलेकाँही धेरै हिँड्ने गर्दा वा काम गर्दा पनि खुट्टा फर्कन सक्छ ।

प्रकाशित मितिः २०७६ पौष २३ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *