आत्महत्याको एक कारक स्किजोफ्रेनिया पनि
काठमाडौं । स्किजोफ्रेनिया एउटा यस्तो मानसिक रोग हो जसले मानिसले सोच्ने, बोल्ने तथा अनुभव गर्ने वा अन्य व्यवहारमा शैलीमा नकरात्मक असर पार्दछ । यो एक प्रकारको साइकिक डिसअर्डर (मानसिक असन्तुलन) पनि हो ।
हरेक वर्ष मे २४ मा स्किजोफ्रेनिया दिवस मनाइने गरिन्छ । आफ्ना साथीभाई, इष्टमित्र तथा परिवारको कुनै सदस्य यो रोगबाट पीडित छन् भने तुरुन्त उपचार पनि गर्नुपर्दछ । यसबाहेक यो रोगबारे यी तथ्य जानी राखौंः
१. विश्वभर स्किजोफ्रेनियाबाट पीडित १० प्रतिशत मानिसले आत्महत्या गर्दछन् ।
२. यो युवा अवस्था वा वयस्क भएपछि शुरु हुन्छ ।
३.यसका मुख्य ३ वटा लक्षण हुन्छन्:
क) हुँदै नभएको वस्तुको आवाज सुनिने, देखिने वा र अनुभव गरिने (Hallucination),
ख) अनावश्यक रुपमा वा अस्वभाविक रुपमा सधैं गलत धारणा वा शंका गर्ने (Delusion)
ग) आफ्नो रुपलाई अनौठो बनाउने, आफूलाई वेवास्ता गर्ने, अनावश्यक र असम्बन्धित कुरा गर्ने, लक्ष्यविहीन भएर डुलिरहने र एक्लै हाँस्ने वा गुनगुनाउने (Abnormal behavior)
४. स्किजोफ्रेनिया के कारणले हुन्छ भनेर अहिलेसम्म पत्ता लागेको छैन । तर वंशाणुगत गुण तथा तनावपूर्ण वातावरणका कारण यस प्रकारको मानसिक असन्तुलन हुने अनुसन्धानकर्ताले बताएका छन् ।
५. यो रोगबाट पीडित मानिस अकालमा पर्ने सम्भावना अन्य रोगबाट भन्दा दोब्वर हुन्छ ।
६. यो उपचार गर्न सकिने रोग हो । व्यक्ति अनुसार विभिन्न उपचार विधि तथा थेरापी मार्फत यसलाई निको पार्न सकिन्छ । तर यो रोगबाट पिडिट ५० प्रतिशत मानिस उपचारबाट वञ्चित रहेको पाइन्छ ।
७. स्किजोफ्रेनियाबाट पीडितलाई बेलैमा सहयोग तथा हेरचाह गर्ने हो भने यसलाई गम्भीर र घातक हुनबाट रोक्न सकिन्छ ।
८. कुनै साथीभाई, इष्टमित्र तथा परिवारका सदस्यलाई यो रोग लागेको थाहा पाउने वित्तिकै विरामीलाई निकै ख्याल गर्ने, माया गर्ने र आशा देखाइदिने हो भने यो रोग बेलैमा निको हुन्छ ।
प्रकाशित मितिः २०७६ पुस १७ बिहीबार