वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर

भक्तपुर न्यूज

१७ पुष २०७६ १०:०३

वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर

काठमाडौँ ।  वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर गर्ने युनिसेफले चेतावनी दिएको छ । वयस्कको भन्दा बालबालिका हरूको फोक्सो तुलनात्मक रूपमा सानो हुने र उनीहरू वयस्कहरू भन्दा दुई गुणा छिटो सास फेर्ने हुँदा वायु प्रदूषणको प्रभाव बालबालिकामा भयानक असर गर्ने युनिसेफले बताएको छ ।

दक्षिण एसियामा बढिरहेको यस प्रकारको वायु प्रदूषणले यस क्षेत्रका बालबालिकालाई असर गर्ने भन्दै यसका लागि तत्काल कदम चाल्न आह्वान गरेको छ।युनिसेफका कार्यकारी निर्देशक हेनरीटा फोरेले वायु प्रदूषणले विषाक्तता ले बालबालिकाको मस्तिष्क विकासलाई असर गर्ने बताए ।

उनले बच्चाहरू निरन्तर वायु प्रदूषणको भयानक परिणाम भोगिरहेका आफ्नै आँखाले देखेको र यसको ठुलो क्षति भोग्नु पर्ने भन्दै सचेत गराएका छन्। उनले भने, हावाको गुणस्तर खतराको स्तरमा छ। हावा भएको प्रदूषण लाई रोक्न प्यूरीफायर मास्कले पनि नछेक्ने बताए ।

फोरेले भने कि वायु प्रदूषणले बच्चाहरूलाई सबैभन्दा बढी असर गर्दछ र यसले उनीहरूको जीवनलाई असर गरिरहेको छ बालबालिका हरू सँग रोग प्रतिरोध क्षमताको कमी छ यस प्रकारको प्रदूषण दक्षिण एसियाली बालबालिकाको लागि घातक छ। फोरेले भने कि युनिसेफले दक्षिण एसियाका ६२ करोड बालबालिकालाई घातक असर गर्ने भन्दै तत्काल कदम चाल्न आग्रह गर्दछ।

प्रकाशित मितिः २०७६ पुस १७ बिहीबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *