गर्भावस्थामा एन्टी-डिप्रेसन औषधी आमा र बच्चा दुवैको लागि घातक

भक्तपुर न्यूज

१७ पुष २०७६ ९:५१

गर्भावस्थामा एन्टी-डिप्रेसन औषधी आमा र बच्चा दुवैको लागि घातक

काठमाडौँ । गर्भावस्थामा महिला विभिन्न किसिमका शारीरिक र भावनात्मक परिवर्तनहरूमार्फत गुज्रने गर्दछन् । कहिलेकाहीँ यी परिवर्तनहरूले डिप्रेसन निम्त्याउन सक्दछ। धेरै महिलाहरूले डिप्रेसनबाट बच्न विभिन्न प्रकारका औषधीहरू पनि लिने गर्दछन् ।

तर के तपाईँलाई थाहा छ एन्ट्री(डिप्रेसन औषधीले बच्चालाई कत्तिको गहिरो प्रभाव पार्न सक्छरु एउटा अध्ययनका अनुसार एन्ट्री-डिप्रेसन औषधीले बच्चाको दिमागलाई असर गर्दछ। वासिङ्टन विश्वविद्यालय स्कुल अफ मेडिसिनका अन्वेषकहरूले पहिलो पटक जनावरहरूमा यस्तो औषधी प्रयोग गरेका थिए।

जसमा गर्भावस्थामा एन्टिडिप्रेसन्ट्स दिइएका जनावरहरूका बच्चाहरूसँग शारीरिक रूपमा कुनै पनि कुरा महसुस गर्ने क्षमता नभएको पाइएको हो । यद्यपि अध्ययनले दाबी गरेन कि नतिजा जनावरहरूमा देखाइए जस्तै हुनेछ, तर यी औषधिहरू कुनै पनि प्रकारको भ्रूणको लागि खतरनाक छन्।

मेयो क्लिनिकका अनुसार, गर्भावस्थामा झन्डै तीन प्रतिशत महिलाहरूले डिप्रेसनको अनुभव गर्छन्। डिप्रेसनमा बस्ने महिलाहरूमा समय पूर्व डेलिभरी र कम जन्म वजनको उच्च जोखिम छ।

प्रकाशित मितिः २०७६ पुस १७ बिहीबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *