महिला स्वस्थ त परिवार स्वस्थ, इवामुरा अस्पतालमा ३६५ दिने निशुल्क प्याकेज

भक्तपुर न्यूज

१७ पुष २०७६ ६:१५

महिला स्वस्थ त परिवार स्वस्थ, इवामुरा अस्पतालमा ३६५ दिने निशुल्क प्याकेज

भक्तपुर । महिला स्वस्थ त परिवार स्वस्थ भन्ने नाराकासाथ डा इवामुरा अस्पतालले सन् २०२० को उपलक्ष्यमा ३६५ दिने निशुल्क प्याकेज ल्याएको छ । अस्पतालले महिलाहरूका लागि ३६५ दिने स्त्रीरोग बिशेषज्ञ डाक्टर द्वारा निशूल्क जाँच सेवा दिने भएको हो ।

यो सेवा सुबिधाका लागि आजका दिनमा महिलाहरुले आफ्नो नाम, ठेगाना र उमेका साथै फाने नं लेखर अस्पतालको फेसबुक पजे अथवा अस्पतालको नं ९८६१९३७३४५ मा सम्पर्क राख्न सकिने छ ।

त्यसै गरि ९८६१९३७३४५ वाट्स एप र भाइबरबाट समेत जानकारी लिन सकिने छ । यो सुबिधा लिन आज दिनको १२ः०० बजे देखि राती ११ः०० बजे सम्मका लागि रहेको अस्पतालका ब्यवस्थापक रञ्जीत मारिखुले जानकारी दिए ।

उनले भने पहिलो २० जनालाई अस्पतालले उपहारको समेत ब्यवस्था गरेको छ । महिलाहरुमा देखिने बिभिन्न खालका रोगहरुको पहिचान गरि यसको बेलैमा निधान गर्न सके एक महिलाको मात्र नभएर परिवारमा समेत तनाव कम रहने उनले बताए ।

प्रकाशित मितिः २०७६ पुस १७ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *