चिकित्सा शिक्षा आयोगमा डेन्टल एसोसिएसनको प्रतिनिधित्व गर्न चिकित्सक संघको माग

भक्तपुर न्यूज

८ पुष २०७६ ९:४२

चिकित्सा शिक्षा आयोगमा डेन्टल एसोसिएसनको प्रतिनिधित्व गर्न चिकित्सक संघको माग

काठमाडौं –  नेपाल चिकित्सक संघले राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा  नेपाल डेन्टल एसोसिएसनको प्रतिनिधित्व सुनिश्चित  गर्न सरकारसँग माग गरेको छ।

संघले नेपाल मेडिकल काउन्सिलमा समेत डेन्टल एसोसिएसनको प्रतिनिधित्व सुनिश्चित गरिएकाले आयोगमा पनि प्रतिनिधित्व भएमा आशातित प्रतिफल हासिल गर्न सकिने जनाएको छ।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवा प्रवाहमा दन्त चिकित्सकको महत्वपूर्ण रहेको पनि चिकित्सक संघले जनाएको छ।

प्रकाशित मितिः  २०७६ पुस ८  मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *