मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा कृष्ण अधिकारी सहित ५ सदस्य नियुक्त

भक्तपुर न्यूज

८ पुष २०७६ ९:०१

मेडिकल काउन्सिलको  रजिष्ट्रारमा डा कृष्ण अधिकारी सहित ५ सदस्य नियुक्त

काठमाडौं-  नेपाल मेडिकल काउन्सिलको  रजिष्ट्रारमा डा कृष्ण अधिकारी नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा अधिकारीलाई रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो।

सोमबारकै बैठकले रिक्त पाँच सदस्य पदमा डा हरिहर अवस्थी, डा सुप्रभात श्रेष्ठ, डा प्रेनितकुमार पोखरेल, डा. सन्ध्या चापागाईं  र किशोर बिक्रम मल्ललाई नियुक्त गरेको बताइएकाे छ। डा कृष्ण अधिकारी र डा सुप्रभात यसअघि पनि काउन्सिल सदस्य थिए।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयकाे जिम्मेवारी सम्हालेपछि अघिल्ला मन्त्री उपेन्द्र यादवले मन्त्रिपरिषद्मा पेश गरेका प्रस्ताव फिर्ता मगाएका  थिए। जसमा  विभिन्न काउन्सिलहरूमा रिक्त पदमा पदपूर्ति गर्ने प्रस्ताव पनि  थिए। उनले एक महिनापछि मन्त्री  ढकालले एक्सनमा गएकाे संकेत दिएका छन्।उनले यसअवधिमा स्वास्थ्य मन्त्रालय नयाँ भएकाे भन्दै बुझ्ने र सुन्ने चरणमै रहेकाे बताउँदै आएका थिए।

प्रकाशित मितिः २०७६ पुस ८ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *