नेपाली जनताका लोकप्रिय नेता भण्डारी पिएचडि उपाधिबाट दीक्षित
काठमाडौं। नेपाली कांग्रेसका युवा नेता तथा जनताका लोकप्रिय नेता भण्डारी पनि त्रिविको ४५ औँ दिक्षान्त समारोहमा दीक्षित भएका छन् । बिहीबार पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा भएको त्रिविको ४५ औँ दिक्षान्त समारोहमा उनी विद्यावारिधि (पीएचडी)उपाधिबाट दीक्षित भएका हुन् । उनले दिक्षान्त समारोहमा सहभागि भई बिद्यावारिधि गरेको कुरा खुसिका साथ सामाजिक सञ्जालमा समेते व्यक्त गरेका छन्,।
उनको फेसबुकको स्टाटसमा लेखिएको छ। ‘त्रिभुवन विश्विद्यालयको ४५औं दिक्षान्त समारोहमा सहभागी भई विद्यावारिधि उपाधिबाट दिक्षित हुन पाउदा हर्षित छु । यसले मेरो देशका घेरै अंगहरुलाई राम्रोसँग चिन्ने मौका मिल्यो। त्रिविका सम्पूर्ण पदाधिकारी, मेरा गुरूवर्ग र मलाई सहयोग गर्ने सम्पूर्णमा हार्दिक आभार,’ समेत पनि फेसबुकबाट व्यक्त गरेका छन्,।
४५ औँ दीक्षान्तमा २०७५ असार १ गतेदेखि २०७६ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिएका ७० हजार ७७ जना विद्यार्थीहरु दीक्षित भएका थिए । जसमा व्यवस्थापन संकायका ३ हजार ७०३ जना विद्यार्थी दीक्षित भए भने मानविकी संकायतर्फ २ हजार ९१, इञ्जिनियरिङमा १ हजार १८६, विज्ञानतर्फ १ हजार ९८ र चिकित्सातर्फ ८६४ जना विद्यार्थीहरू दीक्षित भएका छन्।
यता कानुनमा १८०, वन विज्ञानमा ३३, कृषि तथा पशु विज्ञानमा १३२, शिक्षामा ७७१, जना स्नातकोत्तर र स्नातक तह उत्तिर्ण विद्यार्थी दीक्षित भएका हुन्। यस्तै विद्यावारिधि (पीएचडी) मा ८५ र एमफिलमा ४० जना दीक्षित भएका छन्। भण्डारी नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य हुन् ।
प्रकाशित मितिः २०७६ पुस ४ शुक्रबार
