ब्रेकफास्टमा के खाँदा राम्रो ?
काठमाडौं। बिहान खाना खानु भन्दा पहिला केहि खानु स्वास्थ्यको लागि लाभदायक मानिन्छ । प्राय व्यक्तिको आदत नै हुनछ बिहान नास्ता गर्न तर कोहि व्यक्तिहरु भने विभिन्न बाहानामा नास्ता नखाने गर्छन् । चिकीत्सकहरु पनि बिहान खाली पेट बस्नु भन्दा केहि खाने कुरा आनु नै स्वास्थ्यका लागि राम्रो हुने बताउँछन् ।
ब्रेकफास्टमा यस्ता खाने कुरा समाबेश गर्नुपर्छः
स्याउ
स्याउ जुनसुकै उमेरका मानिसले पनि खान सकिन्छ । एउटा स्याउमा दुई सयसम्म क्यालोरी शक्ति पाइन्छ । स्याउमा एन्टिअक्सिडेन्ट पाइन्छ । जसले बिरामीलाई फाइदा गर्छ ।
अन्डा
अन्डा राम्रो क्यालोरीयुक्त पौष्टिक आहार हो । दैनिक दुईवटा अन्डा खाँदा दिनभरलाई आवश्यक क्यालोरीको मात्रा उपलब्ध हुन सहयोग पुर्याउँछ ।
दूध
ब्रेकफास्टमा एक गिलास दूध खान आवश्यक छ । दूधले पनि शरीरलाई चाहिने क्यालोरी प्रदान गर्छ ।
फलफूल
फलफूल उच्च क्यालोरीयुक्त खाद्यपदार्थ हो । फलफूल बिहानको खाजामा खाए फाइदा गर्छ ।
ब्रेड
बिहानको नास्तामा पाउरोटी, डुनोट आदिभन्दा पनि ब्राउन ब्रेड खानु लाभदायी हुन्छ । एउटा सामान्य ब्रेडमा करिब एक सय ५० भन्दा बढी क्यालोरी पाइन्छ ।
प्रकाशित मितिः२०७६ मंसिर २६ बिहीबार