जापान : चुराेट त्याग्न कर्मचारीहरूलाई ६ दिन अतिरिक्त बिदा

भक्तपुर न्यूज

१८ मंसिर २०७६ ८:३६

जापान : चुराेट त्याग्न कर्मचारीहरूलाई ६ दिन अतिरिक्त बिदा

काठमाडौं। जापानको एउटा कम्पनीले आफ्ना कर्मचारीहरुलाई धुम्रपान त्याग्न ६ दिन अतिरिक्त बिदा दिने योजना अघि सारेको छ। यो योजना कम्पनीको नीतिमा समावेश गरिएको छ। कर्मचारीहरुले चुरोट पिउनका लागि लिएको समयका विषयमा कुरा उठेपछि कम्पनीले यस्तो योजना बनाएको हो।

टोकियोस्थित मार्केटिङ फर्म पिआला आइएनसीको कार्यालय भवनको २९ औं तलामा रहेको छ। कम्पनीका कर्मचारीहरु चुरोट पिउनका लागि तल्लो तलामा आउनुपर्छ। यसका लागि करिब १५ मिनेटको समय लाग्दछ। जसका कारण कर्मचारीहरु असन्तुष्ट थिए। धुम्रपान नगर्ने कर्मचारीहरुले यसमा असन्तुष्टि जनाएका हुन्।

आइएनसी पियालाका प्रवक्ता हिरोताका मत्सुशिमाका अनुसार कर्मचारीहरुले उजुरी पेटिकामा गुनासो गरेपछि कम्पनीले यस्तो नियम बनाएको हो। कर्मचारीहरुले चुरोटका कारण समय बर्बाद भएको विषयमा गरेको गुनासोमा कम्पनीका सिइओ पनि सहमत भएका थिए।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत ताकाओ असुकाले कर्मचारीहरुले बिदा पाएपछि चाँडै चुरोट पिउन बन्द गर्ने विश्वास ब्यक्त गरे।

जापानका कम्पनीहरूले बढ्दो धूम्रपान रोक्न थुप्रै कदम चालेका छन्। टोकियो प्रशासनले पनि टोकियो ओलम्पिक २०२० लाई ध्यानमा राख्दै गत वर्ष धूम्रपान रोक्न कडा नियमहरू बनाएको थियो।

प्रकाशित मितिः२०७६ मंसिर १८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *