उच्च रक्तचापका बिरामी सबैभन्दा बढी गण्डकी प्रदेशमा, सुदूरपश्चिममा कम

भक्तपुर न्यूज

१२ मंसिर २०७६ ६:४७

उच्च रक्तचापका बिरामी सबैभन्दा बढी गण्डकी प्रदेशमा, सुदूरपश्चिममा कम

काठमाडौं। नेपालमा २४. ५% नेपालालीमा उच्च रक्तचापको समस्या भएको पाइएको छ । स्वास्थ्य अनुसन्धान परिषद्ले हालै सार्वजनिक गरेको सर्वेक्षणले २४. ५% प्रतिशत नेपालीमा उच्च रक्तचापको समस्या रहेको देखाएको हो ।

परिषद्ले सातै प्रदेशका पाँचहजार पाँचसय ९३ जनामा स्टेप सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा महिलाभन्दा पुरुषहरुमा उच्च रक्तचापको औषधी बढी खाइरहेको पाइएको छ । २९ . ८ % पुरुषमा देखिएको छ भने १९ . ७% महिलामा उच्च रक्तचापको औषधि खाइरहेको पाइएको छ ।

सो तथ्यांकले उच्च रक्तचापको समस्या सबैभन्दा बढी गण्डकी प्रदेशमा रहेको देखाएको छ । जसमा २९ .९% रहेको देखाएको छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा रहेको देखाएको छ । जुन २१%  रहेको छ ।

त्यसैगरी प्रदेश पाँचमा २८ . २ % प्रतिशत रहेको छ । भने प्रदेश तीनमा २५.२%  मानिसमा रक्तचाप देखिएको छ । प्रदेश १ मा २६.६ %, कर्णाली प्रदेशमा २१.४ %  र प्रदेश २ मा १८ .७ % मा उच्च रक्तचापको समस्या देखिएको हो ।

पछिल्लो समय खानपान र जीवनशैलीका कारण मानिसहरुमा उच्च रक्तचापको समस्या बढ्दै गएको मुटु रोग विशेषज्ञहरु बताउँछन् ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादवदेब भट्टले उच्च रक्तचाप पछिल्लो समय कम उमेरमा नै देखिने गरेको बताए । उनले भने “उच्च रक्तचापले मुटुमात्र बढ्ने होइनकि अन्य मिर्गौला र मतिष्कघातजस्ता रोगलाई पनि बढाउने गरेको देखिन्छ ।”

वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले उच्च रक्तचाप नियन्त्रणमा ल्याउन नसके मिर्गौलासमेत फेल हुने गरेको देखिने बताए । उनले भने, “अधिकांश मिर्गौलाको समस्या भएर उपचार गर्न आउनेमा उच्चरक्तचापको समस्या देखिने गरेको छ ।”

प्रकाशित मितिः२०७६ मंसिर १२ बिहीबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *