ग्याष्ट्रिक घातक पनि बन्न सक्छ : यसरी गर्नुस् घरमै उपचार

भक्तपुर न्यूज

११ मंसिर २०७६ १०:१४

ग्याष्ट्रिक घातक पनि बन्न सक्छ : यसरी गर्नुस् घरमै उपचार

काठमाडौं । तपाइलाई लाग्न सक्छ ग्याष्ट्रिक सामान्य रोग हो। तर ग्याष्ट्रिकलाई सामान्य रोगको रूपमा नलिनुस्, यो कहिलेकाँहि घातक पनि बन्न सक्छ।

ग्याष्ट्रिक हुँदा के हुन्छ?
ग्याष्ट्रिक हुँदा पेटको माथिल्लो भागमा दुख्छ। अस्वभाविक अनुभव हुने, पेट पोल्ने, पेट दुख्ने यस्ता प्रकारका लक्षण देखेमा ग्याष्ट्रिक भएको बुझनु पर्दछ।

ग्याष्ट्रिकको प्रमुख कारण
ग्याष्ट्रिकको मुख्य कारण खानपान हो। मानिसको जीवन व्यस्त भएको कारण समयमा खानपान हुन नसक्ने र त्यसल ग्याष्ट्रिक निम्त्याँउने गर्छ। मानसिक र शारीरिक स्ट्रेसको कारण पनि ग्याष्ट्रिक हुन सक्छ। धेरै समयसम्म पेट खाली हुँदा पनि ग्याष्ट्रिक हुनेगर्छ। धेरै किसिमका चिल्लो, पिरो खाएमा पनि ग्याष्ट्रिक हुनेगर्छ। पानीको नियमित मात्रामा सेवन नगर्नाले पनि ग्याष्ट्रिक हुनेगर्छ।

ग्याष्ट्रिकको लक्षण
ग्याष्ट्रिक भएको व्यक्तिलाई पेट दुख्ने, खानामा रुचि नहुने, मुखमा अमिलो पानी आउनु, छाती पोल्नु, दिशा पातलो हुनु यस रोगको मुख्य लक्षण हो।

ग्याष्ट्रिकको उपचार
नियमित रुपमा पानी सेवन गर्ने, समयमा खाना खाने, खाली पेट नबस्ने, तनावमा नबस्ने, स्ट्रेस धेरै नलिने, दैनिक व्यायाम गर्ने, जाँड रक्सि सेवन नगर्ने, ग्याष्ट्रिकको औषधि कम मात्रामा प्रयोग गर्ने यी सबै दैनिक जीवनमा प्रयोग गरेमा ग्याष्ट्रिकलाई हटाउन सकिन्छ।

प्रकाशित मितिः२०७६ मंसिर ११ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *