सास गन्हाउने समस्या छ भने अपनाउनुहोस् यस्तो घरेलु उपाय

भक्तपुर न्यूज

११ मंसिर २०७६ १०:०९

सास गन्हाउने समस्या छ भने अपनाउनुहोस् यस्तो घरेलु उपाय

काठमाडौं । तपाई जतिसुकै स्मार्ट र टिपटप बनेर हिडे पनि यदि तपाईको सास गन्हायो भने तपाईसंग कोहि पनि बोल्न र हिड्न चाहदैनन्र। त्यस्तै, तपाईको नजिक समेत बस्न रुचाउदैनन्। त्यसकारण सास गन्हाउने समस्याले धेरै चिन्तित नै हुन्छन्। तर केहि घरेलु उपाय अपनाइयो भने सास गन्हाउने समस्याबाट मुक्त हुन सकिन्छ।

१. ग्रीन टीको सेवन
ग्रीन टी पिउने गर्नुभयो भने सास गन्हाउन छोड्छ। यसको एन्टीब्याक्टेरियल तत्त्वले सासको दुर्गन्ध नाश गर्छ।

२. बेस्सरी पानी पिउनुस्
पानी पिउँदा मुख ताजा रहन्छ र दाँतमा अड्केको खानेकुरा पनि पखालिएर जान्छ। यसरी मुख सफा भएर दुर्गन्ध हराउँछ।

३. ल्वाङ र सूंप
ल्वाङ चुस्नुभयो भने पनि सास गन्हाउन छोड्छ अनि दाँत पनि दुख्दैन। सूंप चपाउनुभयो भने पनि मुखको दुर्गन्ध हराउँछ।

४. कागतीको रस
एक गिलास पानी तताउनुस् र त्यसमा दुई चम्चा कागतीको रस हाल्नुस्। अनि मनतातो भएपछि बिहान बेलुका कुल्ला गर्नुस्। केही दिनमै मुखको दुर्गन्ध हराउँछ।

५. हरियो अलैंची
अलैंची चपाउँदा दुर्गन्ध हराउने मात्र होइन मुखको स्वाद पनि बढ्छ अनि भोक लाग्ने समस्या अन्त्य हुन्छ।

प्रकाशित मितिः२०७६ मंसिर ११ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *