बिहान खाली पेटमा तातो पानी पिउँनुको अनगिन्ती फाइदाहरु

भक्तपुर न्यूज

११ मंसिर २०७६ १०:००

बिहान खाली पेटमा तातो पानी पिउँनुको अनगिन्ती फाइदाहरु

काठमाडौं । मानिस स्वस्थ रहनका लागि शरिरीरमा पानी आवश्यक हुन्छ। र, दैनिक ३ लिटर पानी पिउनु आवश्यक पनि मानिन्छ। बिहान उठ्नासाथ मन तातो पानी पिउनु स्वाथ्यको लागि निकै फाइदाजनक मानिन्छ।

तातो पानी खानुका अनगिन्ती फाइदाहरु:-

पेटका विकार हटाउँछः मनतातो पानीले पेटका अनावश्यक विकार र उत्तेजित पदार्थ बाहिर निकाल्न सहयोग गर्छ। शरिरको गतिविधि स्वस्थ बनाउँछ। पेटको दुखाई हराउँछः नियमित मनतातो पानी खाँदा पेटको विकार बाहिर आउने हुँदा पेटमा संक्रमण र दुखाईको सम्भावना घटेर जान्छ।

कब्जियतबाट मुक्तः नियमित मनतातो पानी खाँदा पेट सफा गरिदिन्छ, कब्जियतको समस्या हट्छ। भने यसले पाचन प्रणालीलाई पनि स्वस्थ बनाउछ। छालामा चमक ल्याउछ: दैनिक बिहान उठ्ने वित्तिकै मन तातो पानी पिउँदा छालालाई स्वस्थ बनाउछ भने अनुहारमा दाग, डन्डीफोर र चाया पोतो सम्बन्धी समस्या हराउछ ।

कपाल स्वस्थ बनाउछः मनतातो पानीले कपालको जरा बलियो र मझबुत बनाउँछ, कपाल सुन्दर र लामो बनाउँछ । तौल घट्छः दैनिक खाली पेट मनतातो पानी खाँदा शरिरमा जमेर बसेको बोसोलाई पगालिदिन्छ जसका कारण तौल घटाउन सहयोगी मानिन्छ।

संक्रमणबाट बचाउछः मनतातो पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ, चिसो खोकी जस्ता संक्रमणबाट पनि बचाउछ।एसिडिटीबाट बचाउछः नियमित मनतातो पानी पिउँदा शरिरमा एसिडिटिको सम्भावना रहदैन्।

खाली पेट मन तातो पानी खानु विभिन्न रोगबाट बच्नु पनि हो। यदि तपाईले बिहान खाली पेटमा कागती पानी पिउनुभयो भने बढ्दो मोटोपन पनि नियन्त्रण हुन्छ।

प्रकाशित मितिः२०७६ मंसिर ११ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *