स्वाथ्य बीमा कार्यक्रममा बीमाशुल्क संकलनभन्दा दाबी भुक्तानी बढी

भक्तपुर न्यूज

११ मंसिर २०७६ ९:२७

स्वाथ्य बीमा कार्यक्रममा बीमाशुल्क संकलनभन्दा दाबी भुक्तानी बढी

काठमाडौं ।नेपाल सरकारको स्वाथ्य बीमा कार्यक्रममा बीमाशुल्क संकलनभन्दा दाबी भुक्तानी बढी हुन थालेको छ । स्वास्थ्य बीमा बोर्डको तथ्यांकअनुसार २०७२ चैतदेखि शुरु गरिएको यस कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष कार्तिक मसान्तसम्ममा रु २ अर्ब ७६ करोड ४६ लाख बीमाशुल्क संकलन भएको छ । 

तर सोही अवधिमा ग्राहकलाई रु ३ अर्ब ६१ करोड १२ लाख दाबी भुक्तानी भएको छ । संख्यात्मक आधारमा स्वास्थ्य बीमामा आम जनताको उत्साहजनक सहभागीता देखिन्छ । साढे ३ वर्षको अवधिमा ४९ जिल्लाका ८ लाख १५ हजार ११६ परिवारले स्वास्थ्य बीमा गरेका छन् । हालसम्म यस्तो सेवासुविधा प्रयोग गरेबापत् ७ लाख ८५ हजार ६२९ परिबारले दाबी भुक्तानी लिएको बोर्डले जनाएको छ ।

प्रकाशित मितिः२०७६ मंसिर ११ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *