सुर्तीजन्य पदार्थ सेवनकै कारण वर्षेनी २७ हजार नेपालीले गुमाउँछन ज्यान

भक्तपुर न्यूज

११ मंसिर २०७६ ८:३८

सुर्तीजन्य पदार्थ सेवनकै कारण वर्षेनी २७ हजार नेपालीले गुमाउँछन ज्यान

काठमाडौं । नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण प्रतिवर्ष २७ हजार मानिसहरुले मृत्युवरण गर्ने गरेका छन् । त्यस्तै सुर्तीसेवनकै कारण सिर्जित मुटुरोगका कारण वार्षिक १४ हजार मानिसको मृत्यु हुने तथ्य सार्वजनिक भएको छ ।

नेपाल विकास प्रतिष्ठानले गरेको एक अध्यनले दक्षिण एसियाली मुलुकहरुमा नेपाल सुर्तीजन्य पदार्थको सेवनका हिसाबले दोस्रो स्थानमा रहेको देखाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सुर्तीजन्य पदार्थमा ७० प्रतिशतले कर उठाउनुपर्ने मापदण्ड तोकेको छ। तर, नेपालले सुर्तीजन्य पदार्थमा ३० प्रतिशत मात्र कर लगाउँदै आएको छ । सोही कारण पनि नेपालमा सुर्तिजन्य पदार्थ अत्यधिक खपत भएको अध्यनको निष्कर्ष छ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रम अगामी १८ महिनासम्म चलाउने भएको छ। कार्यक्रमको प्रमुख उद्देश्य प्रमाणसहितको अनुसन्धानका आधारमा सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि वकालत गर्नु र नीतिनिर्माणमा प्रभाव पार्नु रहेको प्रतिष्ठानका कार्यकारी निर्देशक डा. जयकुमार गुरुङले जानकारी दिए।

३० प्रतिशत कर उठाए पनि सुर्तीजन्य पदार्थमा लगाइएको करबाट नेपालले वार्षिक ५ अर्बभन्दा बढी आम्दानी गरिरहेको छ। तर, सुर्तीजन्य पदार्थविरुद्ध जनचेतनामूलक कार्यक्रममा १ करोड पनि खर्च गरेको पाइँदैन। सोही कारण नेपालमा सुर्तिजन्य प्रयोग गरेर मृत्युवरण गर्नेहरु बढी भएको अध्यनको निष्कर्ष छ।
प्रकाशित मितिः२०७६ मंसिर ११ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *