एक पटक हाच्छ्युँ गर्दा नाकबाट करीब एक लाख कीटाणु बाहिर निस्किन्छन्

भक्तपुर न्यूज

१ मंसिर २०७६ ६:१३

एक पटक हाच्छ्युँ गर्दा नाकबाट करीब एक लाख कीटाणु बाहिर निस्किन्छन्

काठमाडौं । चिसो लाग्दा, रुघा लाग्दा, नाकमा केहि छिरेको अवस्थामा, धुलो वा केहि कुराको एलर्जी भएमा हामीलाई हाच्छ्युँ आउछ । सास फेर्दा फोक्सोबाट हावा नाक र मुखको बाटो हुँदै तीव्र गतिमा बाहिर आउने गर्छ ।

यस्तो समयमा नाकमा वातावरणको बाहिरी कण, फोहोर तथा केहि बस्तु पस्दा नाकको झिल्ली चिलाउँछ र नाकले उक्त सन्देश मस्तिष्कसम्म लगेर मस्तिष्कले नाक भित्र आएको उक्त कणलाई शरीर बाहिर मांसपेशीहरूलाई हटाउन आदेश दिने गर्दा हाच्छ्युँ आउने गर्छ ।

हाच्छ्युँको गति १०० माइल प्रतिघन्टा हुन्छ जसकारणले एक पटक हाच्छ्युँ गर्दा नाकबाट करीब एक लाख कीटाणु बाहिर निस्किने गर्छन् । एक स्वास्थ्य मानिसको शरीरको रोगप्रतिरोधात्मक क्षमताकै एक अंग हो, हाच्छ्युँ । हाच्छ्युँ आउनु शरीरको एक सामान्य प्रक्रिया हो जसलाई राम्रो र नराम्रो संकेतको रूपमा हेर्ने गरिन्छ ।

घरबाट निस्किन अघि, शुभ काम गर्दा गलत समयमा हाच्छ्युँ गर्दा अशुभ मानिने हुदा हाच्छ्युँलाई रोक्न खोजिन्छ । तर, यसरि हाच्छ्युँलाई रोक्नु शरीरलाई नकारात्मक असर पुर्याउनु हो ।

साइन्स जर्नल बीएमजे केस रिपोर्टमा डाक्टरहरुले हाच्छ्युँ रोक्ने कोशिस गर्दा घाटीको नसा, कान तथा आँखामा हानी पुग्न सक्ने उल्लेख गरेका छन् । साथै यसले दिमागको नशा फुट्न गइ मानिसको मृत्यु समेत हुन सक्ने उल्लेख गरिएको छ ।

हाच्छ्युँलाई रोक्न खोज्दा बाहिर निस्कनुपर्ने हावा अन्य अंगतिर मोडिने डर हुन्छ र लगातार हाच्छ्युँ रोक्ने कोशिस गर्दा हृदयघात र दिमागमा क्षतिसम्म पुग्ने सम्भावना हुन्छ । सुत्दाखेरी हाच्छ्युँ गराउने नसाहरू आराम गरिरहेका हुदा निद्रामा हामीलाई हाच्छ्युँ आउने गर्दैन ।

प्रकाशित मितिः २०७६ मंसिर १ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *