क्रोएसिया युरोकपमा
काठमाडौं । विश्वकप फुटबलको उपविजेता क्रोएसिया युरोकपमा छनोट भएको छ । शनिबार राति समूह ईको खेलमा स्लोभाकियालाई ३–१ ले हराउँदै विश्वकपको उपविजेता क्रोएसिया युरोकपमा छनोट भएको हो ।
खेलमा अग्रता स्लोभाकियाका ३२ औ मिनेटमा बोजेनिकको गोलबाट लिएको थियो । घरेलु टोलीका निकोला भ्यासिकले ५६ औ मिनेटमा खेल बराबरीमा ल्याएका थिए । बुर्नो पेटकोविक ६० औ मिनेटमा क्रोएसियालाई २–१ को अग्रता दिलाए ।
ईभान पेरिसिक ७४ औ मिनेटमा गोल गर्दै टोलीका जित सुनिश्चित गरे । ६६ औ मिनेटमा मेक रातो कार्ड खाँदै मैदान बाहिरिएपछि स्लोभाकिया १० खेलाडीले सिमित बनेको थियो ।
समूह ई अन्तर्गत क्रोएसियाले १७ अंक सहित शीर्ष स्थानमा रहँदै युरोकपमा छनोट भयो । चौथो स्थानको स्लोभाकियाको १० अंक रह्यो । एजेन्सी
प्रकाशित मितिः २०७६ मंसिर १ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२ जेठ २०८२ ११:४०
आज रुस र युक्रेनबीच युद्ध अन्त्य गर्न वार्ता
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
१ जेठ २०८२ १२:२०
सुन तोलामा पाँच सय रुपैयाँ वृद्धि, चाँदीको मूल्य स्थिर
१ जेठ २०८२ १६:१६
क्रिकेटर सन्दीप लामिछानेले क्यानलाई गरे बाइबाई
१ जेठ २०८२ १०:४८