सलाहाले छनोटका दुई खेल गुमाउने

भक्तपुर न्यूज

२७ कार्तिक २०७६ ६:३१

सलाहाले छनोटका दुई खेल गुमाउने

काठमाडौं । लिभरपुल तथा ईजिप्टका फरवार्ड मोहमद सलाहाले अफ्रिका कप अफ नेसन्सको छनोट खेल गुमाउने भएका छन् । ईजिप्टका अन्तराष्ट्रिय स्टार सलाहाले चोटका कारण केन्या र कोमोरसविरुद्वको छनोट खेल गुमाउने भएका हुन् ।

२७ बर्षका सलाहा प्रिमियर लिगमा म्यान्चेष्टर सिटीविरुद्व ८७ औ मिनेटमा मैदानबाट बाहिरिएका थिए । सलाहाले कायरोमा मंगलबार चोटको परिक्षण गरेका थिए । ‘चोट निको हुन केही समय उपचारको आवश्यकता देखिएको छ ।’ ईजिप्टले बिज्ञप्तीमार्फत भनेको छ ।

सलाहाले म्यान्चेष्टर युनाईटेडसंग लिभरपुलले बराबरी खेलेको म्याच समेत गुमाउन पुगेका थिए । लेस्टरका हमजा चौधरीको ट्याकलका कारण उनको चोट बल्झिएको थियो ।

सो ट्याकललाई लिएर लिभरपुल प्रशिक्षक योर्गेन क्लोपले समेत आपत्ती जनाएका थिए । लिभरपुलले प्रिमियर लिगको आगामी खेलमा क्रिस्टल प्यालेससंग नोभेम्बर २३ मा प्रतिस्पर्धा गर्नेछ । एजेन्सी

प्रकाशित मितिः २०७६ कार्तिक २७ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *