संगै बसेर रक्सी पिउने जोडीबीच धेरै प्रेम
काठमाडौं । संगै बसेर रक्सी पिउने जोडीको सम्बन्ध ज्यादा राम्रो हुने देखिएको छ । जर्नल्स अफ जेरोन्टोलोजीमा प्रकाशित गरिएको एक अध्ययनका अनुसार संगै बसेर रक्सी पिउने बानी भएका जोडीमा ‘कम्प्याटिबिलिटी’ अर्थात् सम्बन्धमा अनुकूलता र योग्यता बढ्दै जाने देखिएको छ ।
‘अल्कोहलिक्सः क्लिनिकल एन्ड एक्सपेरिमेन्टल रिसर्च’ नाम राखिएको उक्त अध्ययनले संगै बसेर समान पिउने बानी भएका जोडी आफ्ना सबै कुरा र बानीहरू एकअर्कासँग सेयर गर्ने हुँदा उनीहरूबीच गहिरो प्रेम लामो समयसम्म रही रहन्छ ।
संगै बसेर रक्सी पिउने बानीमा समानता हुने जोडी तथा अलगअलग बसेर पिउने बानी हुने जोडीको तुलनामा ज्यादा खुसी हुने देखाएको छ । यसका साथै, एउटा पिउने र अर्को नपिउने पार्टनरभन्दा समान पिउने बानी भएका पार्टनरको जोडीमा खुसी धेरै हुने उक्त अध्ययनको निष्कर्ष रहेको छ ।
तर, यो कुरा सबै जोडीका लागि लागू हुन्छ भन्ने छैन । धेरै रक्सी पिउने जोडीमा भने उक्त अध्ययनको नतिजा उल्टो हुन सक्छ । सोधकर्ताका अनुसार जुन जोडी अत्यधिक पिउने गर्छ, उनीहरूबीच कुनै पनि कुरामा सहमति नहुने हुँदा सम्बन्धबिच्छेदको सम्भावनासमेत आउन सक्छ ।
साथै अध्ययनले जब दुईजनामा एकजना रक्सी पिउँछन् र अर्को नपिउन दबाब दिन्छ भने वा एक जना नपिउने र अर्को ले पिउन दबाब दिने हुँदा यसको असर रिलेसनसिपमा नराम्रोसँग पर्न गइ ब्रेकअपको सम्भावना पनि बढेर जान्छ ।
प्रकाशित मितिः २०७६ कार्तिक २७ बुधबार