ड्याबालोको गोलमा युभेन्ट्सको जित

भक्तपुर न्यूज

२५ कार्तिक २०७६ ६:००

ड्याबालोको गोलमा युभेन्ट्सको जित

काठमाडौं । अन्तिम समयमा पाउलो ड्याबाला चम्किदाँ युभेन्ट्सले सिरि ए फुटबलमा एसी मिलानलाई हराएको छ । आईतबार राति घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले एसी मिलानलाई १–० ले हराएको हो ।

युभेन्ट्सको जितमा ७७ औ मिनेटमा ड्याबालाले विजयी गोल गरेका थिए । उनी क्रिस्टियानो रोनाल्डोलाई स्थानान्तरण गर्दै मैदान छिरेका थिए । प्रशिक्षक माउरिजियो सर्रीले खेलको ५५ औ मिनेटमा रोनाल्डोलाई परिवर्तन गरेका थिए ।

जितसंगै युभेन्ट्सले ईन्टर मिलानलाई पछाडी पादै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रोनाल्डो लगातार दुई खेलमा स्थानान्तरण भएका हुन् । उनी अघिल्लो खेलमा समेत पुरा समय मैदान खेल्न पाएका थिएनन् ।

युभेन्ट्स सिरि ए फुटबलमा अपराजित छ । उसले दोस्रो स्थानको ईन्टरसंग एक अंकको अग्रता लिएको छ । मिलान क्लब १४ औ स्थानमा रहेको छ । एजेन्सी

प्रकाशित मितिः २०७६ कार्तिक २५ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *