सिटीलाई हराउँदा लिभरपुल बलियाे

भक्तपुर न्यूज

२५ कार्तिक २०७६ ५:५४

सिटीलाई हराउँदा लिभरपुल बलियाे

काठमाडौ । ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यान्चेष्टर सिटीलाई हराएको छ । आईतबार घरेलु मैदान एनफिल्डमा लिभरपुलले सिटीलाई ३–१ गोल अन्तरले हराएको हो ।

साविक विजेता सिटीलाई हराउँदै लिभरपुलले उपाधिमा आफ्नो दाबेदारिता प्रस्तुत गररेको हो । लिभरपुलले तालिकामा ८ अंकको अग्रता लिन सफल भएका छ । घरेलु मैदानमा सहज जित निकाल्ने क्रममा फाबिन्होले छैटौ मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए । लगत्तै लिभरपुलको डिबक्समा ह्याण्ड भएको भन्दै सिटीले बलियो अपिल गरेको थियो । तर रेफ्रीले त्यसको कुनै सुनुवाई गरेनन् ।

मोहमद सलाहाले १३ औ मिनेटमा हेडमार्फत गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाएका थिए । एन्ड्रे रोबर्टसनको उत्कृष्ट क्रसमा सलाहाको हेड गोल उत्तिकै उत्कृष्ट थियो ।

साडियो मानेले ५१ औ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई ३–० ले अघि बढाएका थिए । जोडन हेन्डरसनको क्रममा मानेले गोल गर्दै लिभरपुललाई बलियो अवस्थामा पुर्याएका थिए । बेर्नाल्डो सिल्भाले ७८ औ मिनेटमा सिटीका लागि एक सान्त्वना गोल फर्काएका थिए ।

लिभरपुलको डिफेन्स सिटीको अगाडी कमजोर देखिएको थियो । तर योर्गेन क्लोपको लिभरपुल कुनैपनि समय र स्थानबाट सिटीका लागि घातक बन्न सक्ने प्रमाणित गरिदियो । लिभरपुल १२ खेलबाट ३४ अंक सहित तालिकाको शीर्ष स्थानमा रह्यो । सिटी २५ अंक सहित चौथो स्थानमा रह्यो । एजेन्सी

प्रकाशित मितिः २०७६ कार्तिक २५ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *