इन्टर शीर्ष स्थानमा उक्लियाे
काठमाडौं । इन्टर मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा भेरोनालाई २-१ गोल अन्तरले पराजित गर्दै इन्टर शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा सुरुवाती एक गोलले पछि परेको स्थिति उल्टाएर इन्टरले जित निकालेको हो । खेलको १९ औं मिनेटमा भालेरियो भेर्रेले पेनाल्टीमा गोल गर्दै भेरोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।तर, दोस्रो हाफमा इन्टर खेलमा फर्कियो । खेलको ६५ औं मिनेटमा माटीस भेसिनोले गोल गर्दै इन्टरलाई खेलमा फर्काए ।
त्यसपछि खेलको ८३ औं मिनेटमा निकोलो बारेल्लाले गोल गर्दै इन्टरलाई २-१ को जित दिलाए । जितसँगै १२ खेलबाट इन्टरले ३१ अंक जोड्यो । शीर्ष स्थानमा उक्लिएको इन्टरले युभेन्ट्सलाई २ अंकले पछि पार्यो । पराजित भेरोना १५ अनक जोडेर नवौं स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७६ कार्तिक २४ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२५ वैशाख २०८२ १०:५४
पिएसजी च्याम्पियन्स लिगको फाइनलमा
२५ वैशाख २०८२ १४:४८
“अपरेशन सिन्दूर” जारी : भारतीय विमान अपहरणकारी अजहर २६ वर्षपछि मारिए
२५ वैशाख २०८२ १०:५३
चेन्नई सुपर किंग्सको तेस्रो जित
२५ वैशाख २०८२ १०:५८