मोटरसाइकल एक आपसमा ठोक्किँदा श्रीमानको मृत्यु, श्रीमती घाइते
काठमाडौं । राप्ती सोनारी गाँउपालिका–२ जिरोमा बिहीबार साँझ कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । यस्तै, मोटरसाइकलमा पछाडि चढेकी महिला घाइते भएकी छिन् ।
मृत्यु हुनेमा जुम्लाको कुनका गाँउपालिका–३ सिंजाका २८ वर्षीय पदम बहादुर शाही रहेको प्रहरीले जनाएको छ । बाँके प्रहरीका अनुसार बा ५२ प २१८६ नम्बरको मोटरसाइकल र बा १९ च १२१४ नम्बरको कार एक आपसमा ठोक्किँदा घाइते भएका पदमको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएकी उनकी २३ वर्षीया श्रीमती नविना शाही घाइते भएकी छिन् । उनको सोही अस्पतालमा उपचार भैरहेको छ । कार र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मितिः २०७६ कार्तिक २२ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
