मोटरसाइकल एक आपसमा ठोक्किँदा श्रीमानको मृत्यु, श्रीमती घाइते
काठमाडौं । राप्ती सोनारी गाँउपालिका–२ जिरोमा बिहीबार साँझ कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । यस्तै, मोटरसाइकलमा पछाडि चढेकी महिला घाइते भएकी छिन् ।
मृत्यु हुनेमा जुम्लाको कुनका गाँउपालिका–३ सिंजाका २८ वर्षीय पदम बहादुर शाही रहेको प्रहरीले जनाएको छ । बाँके प्रहरीका अनुसार बा ५२ प २१८६ नम्बरको मोटरसाइकल र बा १९ च १२१४ नम्बरको कार एक आपसमा ठोक्किँदा घाइते भएका पदमको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएकी उनकी २३ वर्षीया श्रीमती नविना शाही घाइते भएकी छिन् । उनको सोही अस्पतालमा उपचार भैरहेको छ । कार र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मितिः २०७६ कार्तिक २२ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००
नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु
१३ जेठ २०८२ ८:५३