जितसँगै वायर्न अन्तिम १६ मा

भक्तपुर न्यूज

२१ कार्तिक २०७६ ३:४१

जितसँगै वायर्न अन्तिम १६ मा

काठमाडौं । जर्मन क्लब वायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको समूह चरणको खेलमा ओलम्पिकोसलाई २-० गोल अन्तरले पराजित गर्दै वायर्नले अन्तिम १६ को यात्रा तय गरेको हो ।

घरेलु मैदानमा खेलको ६९ औं मिनेटमा रोबर्टो लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई १-० को अग्रता दिलाए । योसँगै लेवान्डोस्की च्याम्पियन्स लिगको समूह चरणको लगातार आठ खेलमा गोल गर्ने तेस्रो खेलाडी बने ।

त्यसपछि खेलको ८९ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै वायर्नलाई २-० को जित दिलाए । जितसँगै समूह बी को वायर्नले ४ खेलमा अपराजित रहदै १२ अंक जोडेको छ । र, नकआउट चरणमा स्थान पक्का गरेको छ । १ अंक जोडेको ओलम्पिकाओस पुछारमा रहेको छ ।

यसै समूहको अर्को खेलमा टोटेनहमले एफके क्रेभेनालाई ४-० ले हराएको छ । टोटेनहमका लागि सन ह्युङ मिनले दुई गोल गरे । यस्तै जियोभानी लो सेल्सो र क्रिस्टियन एरिक्सनले १र१ गोल गरे ।

जितसँगै टोटेनहम ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । टोटेनहमको नकआउट सम्भावना कायम रहेको छ । ३ अंक जोडेर क्रेभेना तेस्रो स्थानमा छ । एजेन्सी

प्रकाशित मितिः २०७६ कार्तिक २१ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *