सुनकोशी नदीमा बस खस्दा ६ जनाको मृत्यु
दोलखा । दोलखाको मागा देउरालीबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस सिन्धुपाल्चोकको सुकुटे नजिकै दुर्घटना भएको छ। सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा बस खस्दा ६ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् ।
पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । आइतबार दिउँसो बस सुनकोशी नदीमा खसेको हो। दोलखाको देउरालीबाट मागे देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको बस सडकबाट करिब सय मिटर तल नदीमा खसेको हो ।
प्रकाशित मितिः २०७६ कार्तिक १७ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
