प्रतिबन्धपछि मेस्सी अर्जेन्टिनाको टिममा फर्किए

भक्तपुर न्यूज

१५ कार्तिक २०७६ ३:०६

प्रतिबन्धपछि मेस्सी अर्जेन्टिनाको टिममा फर्किए

काठमाडौं । कोपा अमेरिका कपबारे विवादित अभिव्यक्ति दिएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई लागेको तीन महिने प्रतिबन्ध हटेको छ । तीन महिनाको प्रतिबन्धपछि मेस्सी अर्जेन्टिनाको टिममा फर्किएका छन् ।

अर्को महिना ब्राजिल र उरुग्वेविरुद्ध हुने मैत्रीपूर्ण खेलको लागि मेस्सी टिममा परेका हुन् । कोपा अमेरिका कपमा भ्रष्टाचार भएको आरोप लगाउँदै मेस्सीले त्यसको भागिदार आफ्नो टिम नहुने बताएका थिए ।

मेस्सीको यो भनाईपछि कोपा अमेरिकाले उनलाई तीन महिनाका लागि कुनै पनि अन्तर्राष्ट्रिय खेल खेल्नबाट प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धमा परेपछि मेस्सीले अर्जेन्टिनाबाट चार खेल गुमाएका थिए ।

प्रतिबन्ध सकिएलगत्तै अर्जेन्टिनाको टिममा कप्तान मेस्सी परेका हुन् । अर्जेन्टिनाले ब्राजिलसँग १५ नोभेम्बरमा साउदी अरबमा खेल्दैछ । एजेन्सी

प्रकाशित मितिः २०७६ कार्तिक १५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *