महराविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता

भक्तपुर न्यूज

१४ कार्तिक २०७६ १३:०२

महराविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता

काठमाडौँ । बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।  सरकारी वकिल कार्यालयले जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको हो। जिल्ला सहन्यायाधिवक्ता नुमराज खनालका अनुसार जिल्ला सरकारी वकिल कार्यालयले महराविरुद्ध मु्लुकी अपराधसंहिताको दफा २१९ को उपदफा ३ को ङ बमोजिम हुने सजायमा संहिताको दफा ३४ को ३ बमोजिम कसूर गरेको अभियोगको मागदावी गरेको छ ।

महरा सार्वजनिक पदाधिकारी भएकाले डेढी सजाय थप हुन्छ। करणी उद्योगमा साढे तीनदेखि साढे पाँच वर्षसम्म कैद हुन्छ। डेढी भएकाले साढे सात वर्षसम्म कैद हुन सक्छ। सरकारी वकिल कार्यालयले यी दुवै कसूर जोडेर पाँचदेखि ७ वर्षसम्म कैद सजाय हुनुपर्ने मुद्दा अदालतमा लगेको छ।

प्रकाशित मितिः २०७६ कार्तिक १३ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *