परिवर्तनकर्ताहरुलाई अप्ठ्यारो पर्न सक्छ : पूर्वराजा शाह

भक्तपुर न्यूज

१२ कार्तिक २०७६ ८:१७

परिवर्तनकर्ताहरुलाई अप्ठ्यारो पर्न सक्छ : पूर्वराजा शाह

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट भाइटीका लगाएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले दसैँका बेला आफूले दिएको सन्देशको मनन गर्न सबैलाई आग्रह गरेका छन् ।

भाइटीकापछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले आजको दिन कसैको कुरा काट्ने र खुट्टा तान्ने दिन नभएको बताए ।आज परिवारसँग बसेर रमाइलो र खुशी साट्ने दिन हो ।’‘सर्वप्रथम तपाईँहरुलाई र तपाईँहरुमार्फत समस्त नेपाली दाजुभाइ दिहीबहीनीहरुलाई आजको यो पावन अवसरमा शुभकामना व्यक्त गर्न चाहन्छु ।

देशको परिस्थितिको कुरा गर्नुपर्दा खेरी केही हप्ता अगाडि मैले एउटा सन्देश दिएको थिएँ म त्यो सन्देश फेरि सबैलाई मनन गर्न आग्रह गर्दछु ’ पूर्वराजा शाहले भने ,‘जुनसुकै पनि परिवर्तन हुँदाखेरी दुईटा महत्वपूर्ण कुरा हुनुपर्छ । एउटा प्रवृत्ति र अर्को विकास । यी दुईटा कुरालाई मनन गरेन र बुझेन भने पविर्तनको माने हुँदैन, परिवर्तनकर्ताहरुलाई अप्ठ्यारो पर्न सक्छ ।

विकास भनेको कुरा सर्वसाधारणले सजिलोसँग सरल ढंगले अनुभव गर्नुपर्ने कुरा हो तर आज कसैको कुरा काट्ने वा खुट्टा तान्ने दिन होइन । आज परिवारजनसँग शान्त सुखद वातावरणमा बस्ने अवसरको दिन हो । सबैले त्यो अवसर पाओस्’, पूर्वराजाले भने ।

उनले अघि भने, ‘केहीदिन अघि हामीहरु सबैले लक्ष्मीपूजा मनाएका थियौँ । धेरैले भएको धन नमासियोस् भनेर प्राथना गरे होलान् कतिले भएको धन अझ वृद्धि होस् भन्ने अभिलासा राखे होलान् र मैले चाहिँ धन हुनेलाई मन पाइयोस् र मन हुनेलाई नेपालीपन पाइयोस् भनेर प्राथना गरेको थिएँ, पूर्वराजाले भने ।

यहि भावना हामी सबैमा छाओस् यहि विचारले हाम्रो जिन्दगी राम्रो र सुख शान्तिसँग बस्न पाओस् भनेर मेरो कामना छ धन्यवाद ।’

प्रकाशित मितिः २०७६ कार्तिक १२ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *