कस्तुरीको बीनासहित दुई भारतीय पक्राउ
सिरहा । कस्तुरीको बीनासहित सशस्त्र प्रहरीको टोलीले सीमावर्ती क्षेत्र सिरहाको बरियारपट्टीबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
नेपालबाट भारत जाँदै गरेको बी आर ३२ वाई २६९५ नम्बरको स्कुटर शङ्का लागेर जाँच गर्दा कस्तुरीको बीना बरामद भएपछि सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बरियारपट्टीको टोलीले स्कुटरमा सवार भारतको मधुवनी जिल्लाको पथरीका २८ वर्षीय ओमकुमार ओम र २७ वर्षीय सत्यमकुमार सिंहलाई मंगलबार बेलुका पक्राउ गरेको हो ।
जाँच गरेपछि कस्तुरीको बीना बरामद भएकाले दुवैलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल गण सिरहाका प्रमुख प्रवीण कँडेलले बताए । बरामद बीनासहित पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय लहानमा बुझाइएको उनले बताए ।
प्रकाशित मितिः २०७६ कार्तिक ६ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००