सन्दीपले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने

भक्तपुर न्यूज

४ कार्तिक २०७६ २:५०

सन्दीपले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने

काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले ‘द हन्ड्रेड’ अर्थात एक सय बलको क्रिकेट प्रतियोगितामा लागि छ्नोट भएका छन् । सन्दीप गत बुधबार मात्रै युनाइटेड अरब इमिरेट्स युएई मा हुने टी १० लिगका लागि कर्नाटकामा अनुबन्धित भएका थिए । उनलाई ४५ हजार अमेरिकी डलर कर्नाटकाले अनुबन्ध गरेको थियो ।

आइतबार राति भएको ड्राफ्टमा एक लाख पाउण्ड अर्थात लगभग नेपाली १ करोड ५० लाख रुपैयाँमा ओभल इ नसिभल्सले सन्दीपलाई अनुबन्ध गरेको छ । इंग्ल्याण्ड र वेल्स क्रीकेट बोर्डले आयोजनामा हुने प्रतियोगिता अर्को बर्षको जुलाईमा गरिनेछ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेने छ ।

विश्वका थुप्रै फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपले ‘द हन्ड्रेड’ मा हालसम्मकै उच्च मूल्य पाएका हुन् ।

प्रकाशित मितिः २०७६ कार्तिक ४ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *