सन्दीपले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने
काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले ‘द हन्ड्रेड’ अर्थात एक सय बलको क्रिकेट प्रतियोगितामा लागि छ्नोट भएका छन् । सन्दीप गत बुधबार मात्रै युनाइटेड अरब इमिरेट्स युएई मा हुने टी १० लिगका लागि कर्नाटकामा अनुबन्धित भएका थिए । उनलाई ४५ हजार अमेरिकी डलर कर्नाटकाले अनुबन्ध गरेको थियो ।
आइतबार राति भएको ड्राफ्टमा एक लाख पाउण्ड अर्थात लगभग नेपाली १ करोड ५० लाख रुपैयाँमा ओभल इ नसिभल्सले सन्दीपलाई अनुबन्ध गरेको छ । इंग्ल्याण्ड र वेल्स क्रीकेट बोर्डले आयोजनामा हुने प्रतियोगिता अर्को बर्षको जुलाईमा गरिनेछ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेने छ ।
विश्वका थुप्रै फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपले ‘द हन्ड्रेड’ मा हालसम्मकै उच्च मूल्य पाएका हुन् ।
प्रकाशित मितिः २०७६ कार्तिक ४ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१४ जेठ २०८२ ११:४९
गाजाको ९५ प्रतिशतभन्दा बढी कृषियोग्य भूमि नष्ट
१७ जेठ २०८२ ८:४३
ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क
१३ जेठ २०८२ १४:१५
गृहमन्त्री लेखकमाथि खनिने आफ्ना नेतामाथि स्पष्टीकरण सोध्न माग
१४ जेठ २०८२ १३:००