तत्काल मन्त्रिमण्डल फेरबदल हुँदैनः प्रचण्ड

भक्तपुर न्यूज

१ कार्तिक २०७६ ८:२८

तत्काल मन्त्रिमण्डल फेरबदल हुँदैनः प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल मन्त्रिमण्डल फेरबदलको नहुने बताएका छन् ।

शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले तत्कालका लागि मिडियामा चर्चा भएअनुसार मन्त्रिमण्डल पुनर्गठनको सम्भावना नरहेको जिकिर गरे । मन्त्री हेरफेर गर्ने वा नगर्ने भन्ने प्रधानमन्त्रीको क्षेत्राधिकारको कुरा भएको प्रचण्डले बताए ।

‘मन्त्री हेरफेरको कुरा मलाई नसोधिदिए हुन्थ्यो,’ उनले भने, ‘ म पनि अध्यक्ष भएको हुँदा, मन्त्री फेर्दा पक्कै मलाई सोधिन्छ होला तर अहिलेसम्म हामीबीच त्यस्तो कुनै छलफल र चर्चा भएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँगको छलफलमा मन्त्री हेरफेरबारे कुरा नगरे पनि मिडियामा चर्चा भइराखेको बताएको उनले बताए । उनले भने ‘यति जना मन्त्री फेरिने भए रे, यी यी आउन थाले रे भनेर व्यापक हल्ला फैलिएको छ त्यसमा कुनै सत्यता छैन, हामीले त्यस्तो कुनै चर्चा गरेका छैनौं ।’

प्रकाशित मितिः २०७६ कार्तिक १ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *