ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ५ सय ८० सवारी चालक कारवाहीमा

भक्तपुर न्यूज

३० असोज २०७६ ६:४४

ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ५ सय ८० सवारी चालक कारवाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ५ सय ८० सवारी चालक कारवाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट बुधबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने १ सय २ जना, लेन उल्लंघन गर्ने १ सय २६ जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने १ सय ४ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने ३५ जना, टिपर कारबाहीमा २३ जना, सिसिटिभीमार्फत कारबाही ६५ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने १ सय ७९ जना, अनावश्यक हर्न बजाउने २५ जना, ब्हील लकबाट १ सय ४ जना र अन्य ८ सय १७ जना गरी गरी जम्मा १ हजार ५ सय ८० सवारी चालक रहेका छन् ।

यसैगरी काठमाडौं उपत्यकामा बुधबार ३५ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा १२ जना सामान्य घाइते भएका छन् भने एक जना गम्भीर घाईते भएका छन् ।

प्रकाशित मितिः २०७६ असोज ३० बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *