विपक्षीको मुक्काबाट अमेरिकन बक्सरकाे मृत्यु
काठमाडौं । व्यवसायिक बक्सिङ प्रतिस्पर्धाको दौरान अमेरिकी बक्सर प्याट्रिक डेको निधन भएको छ । अमेरिकाको सिकागो शनिबार अमेरिकन खेलाडी चार्ल्स कोनवेलको प्रतिस्पर्धा दौरान घाइते भएका प्याट्रिकको बुधबार निधन भएको हो ।
सुपर वेल्टरवेट फाइटको १० औं राउण्डमा प्याट्रिक नकआउट भएका थिए । कोनवेल कडा पन्चले नकआउट भएका उनलाई स्ट्रेचरमा राखेर रिङबाहिर निकालिएको थियो ।
घाइते भएपछि २७ वर्षे उनलाई तत्काल अस्पताल लगिएको थियो । तर, चार दिनपछि उनको अस्पतालमा निधन भएको हो । प्याट्रिकले २२ फाइटमा १७ खेल जितेका थिए । गत जुलाईमा फाइटको दौरान रसियन बक्सर म्याक्सिम डाडासेभको पनि निधन भएको थियो ।
प्रकाशित मितिः २०७६ असोज ३० बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१५ असार २०८२ १२:१८